विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि एफपीओ मार्फत शेयर बिक्री खुला गरेको छ। संस्थापक र सर्वसाधारण शेयरधनीबीचको स्वामित्व अनुपात ७०:३० कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो।
साबिकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तबिचको मर्जरपछि संस्थाको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जरपछि संस्थापक र सर्वसाधारणतर्फको शेयर स्वामित्व क्रमशः ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत रहेकोमा उक्त अनुपात समायोजन गर्न एफपीओ निष्कासन गर्न लागिएको लघुवित्तले जनाएको छ।
एफपीओ अन्तर्गत लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्दै छ, जसको कुल रकम ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबर हुन्छ।
यस एफपीओमा लगानीकर्ताले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।
लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
विजय लघुवित्तको एफपीओ आजदेखि खुला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
