ग्लोबल आइएमई बैङ्कको नाफा ३.०४ प्रतिशतले बढेको छ । आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को पहिलाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ ।
३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले ४ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २१ अर्ब १० करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४९.९२ प्रतिशतले बढेर ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३ पैसा र पछिल्लो कारोबार मूल्य रु २०६ को आधारमा मूल्य आम्दानी अनुपात १५.०२ गुणा रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ४.३८ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई १ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने ७० करोड ४७ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
ग्लोबल आइएमई बैङ्कको नाफा १ अर्ब २२ करोड, खुद ब्याज आम्दानीमा ४९.९२ प्रतिशतको वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

100.00%

0.00%
