विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ९८.०९ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १७ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब १० करोड निक्षेप सङ्कलन गरी ४ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तको जगेडा कोषमा १४ करोड १६ लाख रुपैयाँ र सञ्चित मुनाफा १३ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
विजय लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २८.७२ प्रतिशतले घटेर १८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको वितरण योग्य मुनाफा ५१ लाख ५४ हजार रुपैयाँले ऋणात्मक रहेको छ।
सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ७.९१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ५६५ को आधारमा मूल्य आम्दानी अनुपात ३८६.९८ गुणा रहेको छ ।
विजय लघुवित्तको नाफामा ९८.०९ प्रतिशतको गिरावट, कस्ता छन् अन्य सूचक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
