ज्योति विकास बैङ्क लिमिटेडले काठमाडौँ-पेप्सीकोलास्थित प्रख्यात Clothing Store “Lugasuga Traders" मा बैङ्कका ग्राहकहरूलाई २२% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सो सम्झौतासँगै, ज्योति विकास बैङ्कका ग्राहकहरूले उक्त स्टोरमा सामान खरिद गर्दा २२% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
त्यसै गरी, हालै बैङ्कले काठमाडौँस्थित प्रख्यात "Tranquility Spa" का देशभरका १७ वटै आउट लेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैङ्कका ग्राहकहरूले ब्युटी सैलुन सेवाहरूमा ४०% छुट तथा स्पा, मसाज, स्टिम, साउना, जकुजी लगायतका अन्य सेवाहरूमा ६०% सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन्।
ज्योति विकास बैङ्कले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशभरका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
ज्योति विकास बैङ्कका ग्राहकहरूलाई “Lugasuga Traders” मा २२% सम्मको आकर्षक छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
