आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ५४.१५ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले १० करोड ८८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको आरएमडिसि लघुवित्तले ३७ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आरएमडिसि लघुवित्तले २५ करोड १५ लाख रुपैयाँ सापटी लिएको भने बैङ्ककाे जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
आरएमडिसि लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३७.७४ प्रतिशतले बढेर १७ करोड ५० लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.०७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ०९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ ३० पैसा छ र पछिल्लो कारोबार मूल्य रु ८३४ को आधारमा मूल्य आम्दानी अनुपात २३.७६ गुणा रहेको छ ।
खुद ब्याज आम्दानी बढेसँगै आरएमडिसि लघुवित्तको नाफामा ५४.१५ प्रतिशतको वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
