साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर १८३३ दशमलव ६९ को विन्दुमा कायम भएको छ। आज कूल २७० कम्पनीहरूका २८ लाख १० हजार ६२७ कित्ता शेयर रु. ८२ करोड ४२ लाख १७ हजार १ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ३ करोड ७८ लाख २१ हजार २८२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रु २ करोड २५ लाख ५२ हजार ४१३ बराबरको शेयर कारोबार भएको छ।
यता, हिमालयन डिस्टिलरी लिमिटेडको २ करोड २० लाख ३३ हजार ३५७ बराबरको कारोबार हुँदा तारागाउँ रिजेन्सी होटल लिमिटेडको रु २ करोड १ लाख २६ हजार ५९१ शेयर र एनआईसी एशिया बैङ्क लिमिटेडको १ करोड ९७ लाख २२ हजार २०३ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
