मिग हाेल्डिङ्गस् लिमिटेडले असार ३० गते (आज) द्धितिय वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा ललितपुर पार्टी प्यालेस, सातदाेबाटाे, ललितपुर, नेपालमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
साथै सभाले सञ्चालकको राजीनामा स्वीकृति गर्ने तथा बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले कम्पनीको जारी पुँजी वृद्धि गर्न सो कम्पनीको प्रबन्धपत्रकाे दफा ६(ख) संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
मिग हाेल्डिङ्गस् लिमिटेडले आज द्धितिय वार्षिक साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
