शुभम पावर लिमिटेडले माघ १८ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र अधिकतम कित्ता ५ हजार सम्म तोकिएको छ।
प्रति शेयर रु. १०० अङ्कित दरको ४ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लालाई निष्कासन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता शेयर गरी जम्मा ५ लाख ८० हजार ५८० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् ५८ हजार ०५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेकोमा रितपूर्वक आवेदन दिने आवेदकहरूलाई बाँडफाँड गरी, ५ प्रतिशत अर्थात् २९ हजार ०३० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरी र २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता शेयर कर्मचारीहरूलाई छुट्ट्याइ बाँकी रहेको ४ लाख ८१ हजार ८८२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) माघ २२ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फाल्गुन ०३ गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि-आस्वा प्रणालीबाट आवेदन पेस गर्न सक्नेछन्। सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
आज देखि शुभम पावर लिमिटेडको आइपिओ विक्री खुल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50.00%

0.00%

0.00%

0.00%

50.00%

0.00%
