स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र मुक्तिनाथ विकास बैङ्क बिच SCT-UPI डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैङ्कका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गर्नुभएको हो ।
विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैङ्क बिच भएको सो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरेको कम्पनीले जनाएको छ ।
हाल ५ वाणिज्य बैङ्क, ५ विकास बैङ्क, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीहरूले SCT UPI डेबिट कार्ड आफ्नो ग्राहकहरूलाई प्रदान गरिरहेका छन्। सो सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका ग्राहक महानुभावहरूले SCT UPI डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, Union Pay International प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा ATM, POS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने छन् ।
स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैङ्क बिच SCT-UPI डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
