नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मा अब शाइन रेसुङ्गा विकास बैङ्कका सेवाग्राहीहरूले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।
विभिन्न वित्तीय संस्था सँग आबद्ध भई सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैङ्कसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैङ्कका सेवाग्राहीहरूले बैङ्कको मोबाइल बैङ्किङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।
‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।
अब आइएमई पेमा शाइन रेसुङ्गा विकास बैङ्कको मोबाइल बैङ्किङबाट क्यास लोड गर्न सकिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
