नबिल बैङ्क लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित सो बचत खाता ल्याएको नबिल बैङ्कले जनाएको छ।
सो खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमा बापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्।
त्यसै गरी सो खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैङ्किङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सक्ने नबिल बैङ्कले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैङ्कको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा सो खातामा रहेको सो बैङ्कले बताएको छ।
नबिल फोन लोनको सुविधा पनि सो खाताको विशेषता रहेको छ। साथै लक्करको सुविधा पनि रहेको सो खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ ।
दैनिक रूपमा काममा आउने बैङ्क सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याएको सो ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैङ्कले विश्वास लिएको जनाएको छ ।
आकर्षक सुविधासहित नबिल बैङ्कले ल्यायो, नबिल ढुक्क बचत खाता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
