आइ.सि.एफ.सि फाइनान्स लिमिटेडका संस्थापक शेयरधनीले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २०७९/१०/०५ देखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद बिक्री/नामसारी सम्बन्धमा कुनै पनि दाबी उजुरी नआएको हुँदा नियमानुसार नयाँ शेयरधनीहरुलाई बिक्रीकर्ता संस्थापक शेयरधनीकाे संस्थापक शेयर बिक्री गर्ने काम अघि बढाउन ०६ वैशाखदेखि ७ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो फाइनान्सले जानकारी दिएको छ ।
सो संस्थापक शेयर नामसारी सम्बन्धी थप जानकारीको लागि ०६ वैशाखबाट आइ.सि.एफ.सि फाइनान्स लिमिटेडको प्रधान कार्यालयमा सम्पर्क गर्न सक्ने सो कम्पनीले जनकारी दिएको छ ।
आइ.सि.एफ.सि फाइनान्सले संस्थापक शेयर बिक्री/नामसारी हक हस्तान्तरण गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
