माछापुच्छ्रे बैंकको नाफा ९.७५ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर २.१२ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई ८२ करोड रुपैयाँ पुगेको छ भने १७ करोड ८२ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
१० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैङ्कले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १ पैसा र पछिल्लो कारोबार मूल्य रु २५२.८० को आधारमा मूल्य आम्दानी अनुपात १४ा गुणा रहेको छ ।
माछापुच्छ्रे बैंकको नाफामा ९.७५ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
