ज्योति विकास बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूलाई "Skywalk Nepal" मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैङ्कले काठमाडौँको कमलादीस्थित "Skywalk Nepal" मा २०% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौता पत्रमा बैङ्कका तर्फबाट बैङ्कका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जङ्ग अधिकारी तथा SkyWalk Nepal को तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गर्नुभएको हो।
सो सम्झौतापश्चात्, ज्योति विकास बैङ्कका ग्राहकहरूले Skywalk Nepal का भ्यु टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन्। छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकहरूको माझ प्रमुख भ्रमण गन्तव्य बन्न सफल Skywalk टावर काठमाडौँको दृश्यावलोकनको लागि उचित छ। ज्योति विकास बैङ्कले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
हालै बैङ्कले पोखरास्थित "Kuti Resort" मा बैङ्कका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैङ्कले चितवनस्थित "Jungle Villa Resort" र मकवानपुरस्थित प्रख्यात "Tistung Resort" मा बैङ्कका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
ज्योति विकास बैङ्कका ग्राहकहरूलाई Skywalk Nepal मा विशेष छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%