महालक्ष्मी विकास बैङ्कको हेटौँडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ ।
बैङ्कको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भु प्रसाद पराजुलीले रु. ५१,०००/- (रु. एकाउन्न हजार मात्र) राशीको उक्त पुरस्कार (रकम बराबरको चेकका साथै सम्मान पत्र) प्रा. डा. गोविन्दराज भट्टराईलाई हस्तान्तरण गर्नुभयो । साहित्यकार भट्टराईले विभिन्न विधाहरूमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप बैङ्कले उक्त पुरस्कारबाट सम्मान गरेको हो । सम्मानित साहित्यकारले बैङ्कले पनि साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गर्नुभयो ।
आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैङ्कले जनाएको छ । विगत देखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको सो बैङ्कले आम ग्राहकहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।
महालक्ष्मी विकास बैङ्कद्वारा प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
