नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्ष ०७९/०८० चैत्र महिनाको विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको चैत्र महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब १ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् भने सो अवधिको चैत्र महिनामा मात्र ४ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।
जम्माजम्मी १६ वटा निर्जीवन बीमा कम्पनीहरू मध्य शिखर इन्स्योरेन्सले ४ अर्ब १५ करोड रुपैयाँ बराबरको बीमा शुल्क सङ्कलन गर्दै सबैभन्दा बढी बीम शुल्क आर्जन गरेको छ । त्यसतै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४८ करोड, सिद्धार्थ प्रिमियरले ३ अर्ब ३५ करोड, हिमाल एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड र नेको इन्स्योरेन्सले २ अर्ब २६ करोड बीमा शुल्क सङ्कलन गरेका छन् ।
यता, चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स रहेको छ। उक्त निर्जीवन बीमा कम्पनीले ७६ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ। त्यसतै, युनाइटेड इन्स्योरेन्स (नेपाल)ले ९५ करोड ३२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४ करोड, दि. ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ७ करोड र नेपाल इन्स्योरेन्सले १ अर्ब १५ करोड बीमा शुल्क सङ्कलन गरेको छन्।
चैत्रसम्ममा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ३० अर्ब अधिक, कसको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
