मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख १० गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा हाेटल सारथी, धुलिखेल नगरपालिका-८, काभ्रेपलान्चोकमा दिनको १२:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने र गाभिए पश्चात् बन्ने संस्थाको नाम "नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड" र अङ्ग्रेजीमा "Nerude Mirmire Laghubitta Bittya Sastha Limited" कायम गरी सो नामबाट कारोबार गर्ने साथै कम्पनीको रजिष्टर्ड कार्यालय काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३ मा रहने तथा कर्पोरेट कार्यालय काठमाडौँ र ललितपुर महानगरपालिका बाहेक काठमाडौँ उपत्यका भित्र रहने प्रस्ताव पारित गर्ने छ ।
सभाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल-अचल सम्पत्ति तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ स्वीकृति गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै सभाले यस संस्थाको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि वैशाख ०३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा वैशाख ०२ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
मिर्मिरे लघुवित्तले आज विशेष साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
