कामना सेवा विकास बैङ्क लिमिटेडको नाफा ६६.९३ प्रतिशतले बढेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा बैङ्कले ३६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को चौथौँ त्रैमास सम्ममा बैङ्कले ६० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
३ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कामना सेवा विकास बैङ्क लिमिटेडले ४५ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्कको जगेडा कोषमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कामना सेवा विकास बैङ्कको सञ्चित मुनाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ।
कामना सेवा विकास बैङ्क लिमिटेडको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । सो बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ४७४ रुपैयाँ ४० पैसाको आधारमा मूल्य आम्दानी अनुपात २५.८१ गुणा रहेको छ ।
कामना सेवा विकास बैङ्कको नाफामा ६६.९३ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
