ग्लोबल आइएमई बैङ्कको नाफा १६.९६ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्कले ४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कको खुद ब्याज आम्दानीमा व्यापक वृद्धि भएर सञ्चालन मुनाफा बढ्दा नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ।
३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले ४ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १९ अर्ब ६ करोड रुपैयाँ र सञ्चित मुनाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ०८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा र पछिल्लो कारोबार मूल्य रु १९३.३० को आधारमा मूल्य आम्दानी अनुपात ११.३२ गुणा रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ३.९६ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ८२ करोड रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
ग्लोबल आइएमई बैङ्कको नाफा ४ अर्ब ३५ करोड, खुद ब्याज आम्दानीमा व्यापक वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
