सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैङ्क सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज कालिका स्थान, काठमाडौँमामा साधारण सभा सम्पन्न भएको हो ।
सभामा आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैङ्कको लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८०/८१ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू सभामा छलफल भई स्वीकृत भएको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँ सहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७४७/६१ रुपैयाँ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैङ्कको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैङ्कले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराउनुभयो ।
सिटिजन्स बैङ्कको १८औँ वार्षिक साधारण सभा सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
