एनआईसी एशिया बैङ्कले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको छ । बैङ्कको सबै उल्लेखित बचत खातामा बैङ्कले ३ दशमलव ९८९ प्रतिशतको दरले ब्याजदर दिने भएको छ ।
त्यसै गरी, बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ३ महिना देखि ६ महिनाको अवधिसम्ममा ६ दशमलव २५० प्रतिशतको दरले ब्याजदर तोकेको छ भने अधिकतममा २४ महिना देखि १८० महिनाको अवधिसम्ममा ८ दशमलव ०६५ प्रतिशतको दरले ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै, बैङ्कले संस्थागत निक्षेपमा न्यूनतम ६ महिना देखि ९ महिनाको अवधिसम्ममा ४ दशमलव ७५० प्रतिशतको दरले ब्याजदर तोकेको छ भने अधिकतममा २४ महिना देखि १८० महिनाको अवधिसम्ममा ६ दशमलव ०६५ प्रतिशतको दरले ब्याजदर निर्धारण गरेको छ ।
माघ महिनामा एनआईसी एशिया बैङ्कले कति दिँदै छ ब्याज दर ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

100.00%

0.00%
