महालक्ष्मी विकास बैङ्कका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ७५ हजार र १ लाख १० हजार कित्ता संस्थापक शेयर गरी जम्मा १ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा ०४ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ०४ वैशाखबाट महालक्ष्मी विकास बैङ्कको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाण्डाैँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा प्रचलित नेपाल कानुन तथा नेपाल राष्ट्र बैङ्कको नीति निर्देशन बमोजिम शेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाउने सो बैङ्कले जनाएको छ ।
महालक्ष्मी विकास बैङ्कले १ लाख ८५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
