सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ १३ गते, शुक्रवार अपराह्न ३:१५ बजे बसेको सञ्चालक समितिको २०२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ११.५८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने रकम रु. ३ करोड १६ लाख ९३ हजार ६८८ रुपैयाँ ५८ पैसा बराबरको बोनस शेयर र ०.५८ प्रतिशतले हुन आउने रकम रु. १६ लाख ६८ हजार ८८ रुपैयाँ ८७ पैसा बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice.