आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २७.६३ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ६ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ४ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
६ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आत्मनिर्भर लघुवित्तले १ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आत्मनिर्भर लघुवित्तले ८३ करोड ९४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८ करोड ५३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २१ करोड ६ हजार रुपैयाँ रहेको छ ।
आत्मनिर्भर लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.१८ प्रतिशतले घटेर ९ करोड २१ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ७.७१ प्रतिशत छ ।
आत्मनिर्भर लघुवित्तको नाफामा २७.६३ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
