हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चैत्र २९ गते (आज) उनन्तिसौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा वानेश्वर व्याङ्केट, थापागाँउ, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको २.७५ प्रतिशतका दरले हुन आउने रकम रु. ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको बोनस शेयर र ०.१४ प्रतिशतका दरले हुन आउने रकम रु.३२ लाख ४२ हजार ०१६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र ०३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र ०२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले आज उनन्तिसौँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
