
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल चैत्र ३० गते साँझ ४:०० बजे सम्पन्न सञ्चालक समितिको ४९५ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको अद्यावधिक रूपमा कायम रहेको चुक्ता पुँजीबाट हाल कायम शेयरधनीहरूलाई १४.५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको अद्यावधिक रूपमा कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने रकम रु. ३७ करोड १२ लाख ३४ हजार ५५० रुपैयाँ बराबरको बोनस शेयर र ६.५ प्रतिशतले हुन आउने रकम रु. ३० करोड १६ लाख २८ हजार ०७२ रुपैयाँ बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने साथै उक्त बोनस शेयरमा लाग्ने कर रकमका लागि ०.४२१ प्रतिशतका दरले हुन आउने रकम रु. १ करोड ९५ लाख ३८ हजार ६६१ रुपैयाँ नगद लाभांशबाट समायोजन गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.७८९ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।
 
नेशनल लाईफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    