पर्यटक नै पर्यटन व्यवसायका मुख्य श्रोत तथा आधार हुन्। पर्यटक आगमनको वृद्धि वा गिरावटले पर्यटन व्यवसायमा प्रत्यक्ष समानुपातिक प्रभाव परेको हुने गर्दछ। अर्थात् पर्यटक आगमनको वृद्धिले पर्यटन व्यवसायलाई समृद्धि तर्फ धकेल्ने गर्दछ भने पर्यटक आगमनको गिरावटले व्यवसायमा नकारात्मक असर पार्ने गर्दछ।
तथ्याङ्क अनुसार २०२३ मार्चमा फेब्रुअरीको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दो छ । फेब्रुअरीसम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या ७३ हजार २५५ रहेको थियो र २०२३ मार्च सम्ममा पर्यटकको सङ्ख्या बढेर ९९ हजार ४२६ पुगेको देखिन्छ।
कोरोनाको महामारीले थला पारेको पर्यटन व्यवसायलाई फेरी उकास्ने आधार पर्यटक आगमनको वृद्धि हो। त्यसमाथि विदेशी पर्यटक धेरै भित्रिँदा गति लिन अप्ठ्यारो परि रहेको पर्यटन व्यवसायलाई निकै टेवा पुग्ने देखिन्छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को मार्च महिना सम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या ९९ हजार ४२६ रहेको छ, सन् २०२२ को मार्च महिनासम्मको तुलनामा यो १३६.६९ प्रतिशतको वृद्धि हो। साल २०२२ को मार्च महिनासम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या ४२ हजार ६ रहेको थियो भने साल २०२१ को मार्च महिनासम्ममा सो सङ्ख्या १४ हजार ९७७ रहेको थियो।
२०२३ मा बढ्दो पर्यटक आगमन, २०२२ मार्चको तुलनामा १३६.६९ प्रतिशतको वृद्धि
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    