पहाडकी रानी बन्दीपुरमा विगत ५ वर्ष देखि निर्माण प्रारम्भ भएको पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गत केबलकार चोकमा रहेको वटम स्टेसनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको टुरिस्ट पार्क र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रेस्टुरेन्ट “ड्राईभ ईन” सर्वसाधारणहरूको सेवाको लागी व्यवसायीक रूपमा सञ्चालनमा आएको छ । वैशाख १ गते वैद्धिक पूजा विधिअनुसार वास्तु पूजा गरी पञ्चकन्याले रेस्टुरेन्ट “ड्राईभ ईन” र बन्दीपुरहिल वटम स्टेसनमा टुरिस्ट पार्कको उद्घाटन गरेका छन् । यस अवसरमा बन्दीपुर केबलकारको समेत विधिवत् पूजापाठ गरी शुभारम्भ समेत गरिएको तथा केबलकार आन्तरिक प्रयोजनको लागी प्रयोग गर्ने गरी मात्र सञ्चालन हुने कम्पनीले जनाएको छ । सर्वसाधारणहरूको लागी केबलकार भने, चाँडै नै मिति तोकेर खुल्ला गरिने कम्पनीका इन्जिनियर सुप्रियो मण्डलले बताउनुभयो ।
बन्दीपुरहिल अन्तर्गतको टुरिस्ट पार्क र रेस्टुरेन्ट भने पूर्ण रूपमा खुल्ला भएको छ । अब पर्यटकले मन खोलेर रमाउन सक्ने भाइस प्रेसिडेन्ट किरण पोख्रेलले बताउनुभयो । मनमोहक टुरिस्ट पार्कमा आकर्षक गेट यो सँगै चट्टानमा नै बनेको शिव मन्दिर, गणेश स्वरूप छ भने फुटपाथ माथि ३३ देवी देवताको मूर्तिहरू रहेका छन् । आकर्षक उल्लुको मूर्ति, भगवान् बुद्धको मूर्ति, सूर्यनारायण भगवानको वायु यान, विशाल कैलाश पर्वत र भगवान् शिवजीको प्रकट रूप, भगवान् विश्वकर्माको मूर्ति साथै जङ्गली जनावरहरूको म्युजियम, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघ लगाएको आकर्षक मूर्तिहरू, स्थानीय घर र दैनिक प्रयोग हुने सामाग्रीहरूको म्युजियम समेत रहेको छ । अत्यन्तै आकर्षक दाबी गरिएको यो टुरिस्ट पार्क ८६ करोड रुपैयाँमा तयार भएको वित्तीय निर्देशक शिव प्रसाद शर्माले जानकारी दिनुभयो । यस पार्कमा प्रवेश गर्नको लागी प्रतिव्यक्ति रु. २००, मोटरसाइकल रु. ३००, ट्याक्सी रु. ५००, माइक्रो रु. १००० र ठुला बसले रु. १५०० को टिकट काट्नु पर्ने गरी टिकट मूल्य तोकिएको छ तर कम्पनीले अफरको रूपमा जतिको टिकट छ त्यो बराबरको नै रेस्टुरेन्टमा सेवा लिन सक्ने गरी गिफ्ट भौचर दिने रेस्टुरेन्ट म्यानेजर प्रकाश श्रेष्ठले बताउनुभयो ।
बन्दीपुरहिल अन्तर्गत पाँचतारे होटेल नवीन टावर, स्काई डाईनिङ्ग, फ्लाई डाईनिङ्ग, स्काई वार, हेल्थ क्लब, ग्राउन्ड डाईनिङ्ग, १००० क्षमताको बैङ्क्विट हल, सुभिनार सप, स्काई वाल्क, एज वाल्क, ग्लास वाक थ्रु, जिप लाइन, बन्दीपुर–सिद्ध गुफा चियर लिफ्ट लगायतका साहसिक पर्यटकीय रिक्रियशनका पूर्वाधारहरू समेटेर “बन्दीपुरहिल” ब्रान्डमा परियोजना अगाडि बढाइएको र यसको कुल लागत रु. ६ अर्ब २९ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । सबै पूर्वाधार आगामी २ वर्ष भित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउने समेत कम्पनीले बताएको छ ।
नयाँ वर्ष सँगै बन्दीपुरहिल आंशिक रूपमा सञ्चालनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

100.00%

0.00%

0.00%
