
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र २१ गते मङ्गलवारका दिन महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ।
नेपाल स्टक एक्सचेन्जमा मङ्गलवार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ७ लाख ६२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४७.५० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । कम्पनीको सोही बोनस शेयर नेप्सेमा मङ्गलवार सूचीकृत भएको हो ।