हिमालय उर्जा विकास कम्पनी लिमिटेडले यही ज्येष्ठ ०९ गते (आज) २२ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा अर्पण बैंक्विट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँमा बिहानको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी कम्पनीको अधिकृत पुँजी वृद्धि गरी रु. २ अर्ब ५० करोड पुर्याउने विशेष प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ । साथै सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि शेयरधनी दर्ता किताब मिति २०७९ पुस १८ गतेलाई मानेको छ । सो आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
हिमालय उर्जा विकास कम्पनीले आज २२ औँ वार्षिक साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
