नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज भएको हो ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गर्नुभएको हो । सुपर खुदीको प्रतिकित्ता रु एक सय अङ्कित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने रु ७५ करोड ९५ लाखको शेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी हुनुहुन्थ्यो । यसभन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ ।
नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
