
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६३ दशमलव २४ अङ्कले बढेर २२२७ दशमलव १६ को विन्दुमा कायम भएको छ। आज कूल २६६ कम्पनीहरूका १ करोड २० लाख ०२ हजार ३०८ कित्ता शेयर रु. ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १४ करोड ८१ लाख ५९ हजार ०३७ बराबरको शेयर कारोबार भयो । त्यस्तै, ज्योति विकास बैङ्क लिमिटेडको रु. १३ करोड ७७ लाख ४२ हजार ३६९ बराबरको शेयर कारोबार भएको छ।
यता, ग्लोबल आइएमई बैङ्क लिमिटेडको रु. १२ करोड ३४ लाख २२ हजार ८३५ कारोबार हुँदा एनआईसी एशिया बैङ्क लिमिटेडको रु. ११ करोड १२ लाख ८५ हजार ४५९ र हिमालयन डिस्टिलरी लिमिटेडको रु. ११ करोड ११ लाख ७२ हजार ७७१ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    