जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ९३.९१ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ५ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ३६ लाख १४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१७ करोड ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० करोड ९४ लाख निक्षेप सङ्कलन गरी २ अर्ब ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले १ अर्ब २२ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ९ करोड १२ लाख रुपैयाँ रहेको छ ।जनउत्थान सामुदायिक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४८.७३ प्रतिशतले घटेर ६ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ११.४८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६८ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ९०१.९० को आधारमा मूल्य आम्दानी अनुपात ३१८.६९ गुणा रहेको छ ।
जनउत्थान सामुदायिक लघुवित्तको नाफामा ९३.९१ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
