सन्राइज बैङ्कले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मदेश प्रदेशको वीरगन्जमा अङ्ग भङ्ग भएका २० जानलाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेको छ ।
रोटरी क्लब, वीरगन्जमा आषाढ ७ बिहीबार आयोजित एक कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादवले CSR प्रमुख सुमन थापा तथा बैङ्कका वीरगन्ज शाखा प्रमुख केदार सिंहको उपस्थितिमा रोटरीका कार्यक्रम संयोजक (Program Coordinator) डा.स्वास्वत प्रसादलाई रु दुई लाख पचहत्तर हजारको चेक हस्तान्तरण गर्नुभयो । उक्त रकमले २० जनालाई कृत्रिम अङ्ग प्रदान गर्ने योजना अनुरूप उपस्थित व्यक्तिहरूलाई कृत्रिम अङ्ग निःशुल्क समेत प्रदान गरेको सो कम्पनीले बताएको छ । कृत्रिम अङ्ग प्राप्त गर्ने व्यक्तिहरू उक्त सहयोगले खुसी हुँदै सन्राइज बैङ्कलाई धन्यवाद समेत ज्ञापन गरेको सो कम्पनीले बताएको छ ।
सन्राइज बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरि स्वास्थ्य, शिक्षा, सीपमूलक तालिम, वित्तीय साक्षरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरूमा विभिन्न कामहरू गर्दै आएको जानकारी दिएको छ ।
सन्राइज बैङ्कद्वारा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई कृत्रिम अङ्ग प्रदान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
