रिलायन्स फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल जेठ २६ गते दिनको ११:०० बजे सम्पन्न सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई ६.८४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
फाइनान्सकाे सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने रकम रु. ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँ बराबरको बोनस शेयर र ०.३४ प्रतिशतले हुन आउने रकम रु. ३६ लाख ०२ हजार ३९० रुपैयाँ बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने रिलायन्स फाइनान्स लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा रिलायन्स फाइनान्स लिमिटेडले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.७९ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।
रिलायन्स फाइनान्सकाे लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
