आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २०८०/०१/०५ गतेको आर्थिक अभियान दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छा भएमा १८ जेठदेखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो लघुवित्तले जानकारी दिएको छ ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले १८ जेठबाट ३५ दिनभित्र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको मुख्य कार्यालय बनेपा-१०, काभ्रेपलान्चोकमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
संस्थापक शेयर बिक्री गर्दै आरम्भ चौतारी लघुवित्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
