बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले फाल्गुन २८ गते (आज) १९ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा युनियन हाउस, अनामनगर, काठमाण्डाैँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले कम्पनीले गरेका लगानी स्वीकृत गर्ने साथै लगानी सम्बन्धी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १५ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा फागुन १४ गते सम्म कायम शेयर धनीहरूले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
बरुण हाइड्रोपावर कम्पनीले आज १९ औँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
