धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ८९ अंकले घटेर १८६७ दशमलव २२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३१ अंकले घटेर ३६५ दशमलव ३४ को विन्दुमा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूह मध्य बैंकिङ उपसमूह ३ दशमलव ३८ अङ्कले बढेकाे छ । यता, विकास बैंक उपसमूह १७ दशमलव ८४ अङ्कले घट्दा वित्त उपसमूह २२.३८ अङ्कले, होटल तथा पर्यटन उपसमूह ८.१७ अङ्कले, जलविद्युत उपसमूह १४.०७ अङ्कले, लगानी उपसमूह शुन्य दशमलव २९ अङ्कले, जीवन बीमा उपसमूह ३७.८३ अङ्कले, उत्पादन उपसमूह ३३.२९ अङ्कले, लघुवित्त उपसमूह १३.५६ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०४ अङ्कले, निर्जीवन बीमा २०.१५ अङ्कले, अन्य उपसमूह २०.९३ अङ्कले र ट्रेडिङ उपसमूह १५ दशमलव १७ अङ्कले घटेका छन् ।