साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६ दशमलव ६६ अङ्कले घटेर २२०० दशमलव ५० को विन्दुमा कायम भएको छ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका शेयरधनीहरुले ५.९६ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ४.१० प्रतिशत, बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ३.६६ प्रतिशत र ग्लोबल आइएमई बैङ्क लिमिटेडका शेयरधनीहरुले ३.६३ प्रतिशतका दरले कमाएका छन् ।
यता, एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताहरूले ६.९३ प्रतिशतले गुमाउँदा लिबर्टी इनर्जी कम्पनी लिमिटेड ६.२५ प्रतिशत, विशाल बजार कम्पनी लिमिटेड ५.३३ प्रतिशत,कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेड ५.१० प्रतिशत र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड ५.०० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
