कर्पोरेट डेभलपमेण्ट बैङ्क लिमिटेडले यही फाल्गुन २२ गते १५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ, तर फागुन ९ गते ल्होसारको सार्वजनिक बिदाका कारण आज (फाल्गुन ०८) सम्म कायम शेयर धनीहरूले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।
बैङ्कले साधारण सभा बैङ्कको प्रधान कार्यालय, आर्दशनगर, वीरगन्ज, पर्सामा बिहान ७:१५ बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखा परीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने रकम रु. २ करोड ५० लाख बराबरको बोनस शेयर र ०.२६ प्रतिशतका दरले हुन आउने रकम रु. १३ लाख १५ हजार ७८९ रुपैयाँ ४७ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
कर्पोरेट डेभलपमेण्ट बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
