
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव ८८ अंकले बढेर २०२९ दशमलव ०३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ९८ अंकले बढेर ३९१ दशमलव ३० को विन्दुमा पुगेको छ ।
आज कूल २५७ कम्पनीहरूका ८० लाख २४ हजार ५५९ कित्ता शेयर रु. २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरुकाे शेयर उकालाे लागेका छन् । यता, बैंकिङ उपसमूह २४ दशमलव ४७ अङ्कले बढ्दा विकास बैंक उपसमूह ११६ दशमलव ५५ अङ्कले, वित्त उपसमूह ८७ दशमलव ६० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ७५.५३ अङ्कले, जलविद्युत उपसमूह १०५.७६ अङ्कले, लगानी उपसमूह १.७५ अङ्कले, जीवन बिमा उपसमूह ३८४.३८ अङ्कले, उत्पादन उपसमूह ११२.९६ अङ्कले, लघुवित्त उपसमूह ११३.८७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १९ अङ्कले, निर्जीवन बिमा ३४८.५३ अङ्कले, अन्य उपसमूह ४१.९८ अङ्कले र ट्रेडिङ उपसमूह ४७.०८ अङ्कले बढेकाे छ ।
 
धितोपत्र बजारमा ५६.८८ अङ्कको वृद्धि , नेप्से २०२९.०३ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    