साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक ७ दशमलव २७ अङ्कले बढेर १९३९ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज कूल २७३ कम्पनीहरूका ५९ लाख ६२ हजार ०९३ कित्ता शेयर रु. २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १० करोड २६ लाख ८७ हजार ७१३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रु. ९ करोड ६३ लाख १३ हजार ५०९ बराबरको शेयर कारोबार भएको छ।
यता, शिवम् सिमेन्ट लिमिटेडको रु. ८ करोड ७० लाख १२ हजार ९२९ कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको रु. ८ करोड २८ लाख ५३ हजार ०१३ र नेपाल टेलिकमको रु. ८ करोड २२ लाख ३१ हजार १९१ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
