वास्तविक क्षेत्र अन्तर्गत रहेर औद्योगिक लगानी प्रवर्द्धन गरिरहेको आरकेडी होल्डिङ लिमिटेडले कम्पनीको चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् एक करोड ४० लाख ४० हजार कित्ता सेयर प्रिमियम मूल्यमा स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ । सो कम्पनीले वन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेड, बिजबजार लिमिटेड, पन्चासे केवलकार लि., लगायतका पर्यटकीय पुर्वधारयुक्त उद्योगहरू र रियल स्टेट साथै निर्माण क्षेत्र र इभेन्ट म्यानेजमेन्ट गर्नको लागि पुँजी लगानी गरिरहेको छ ।
कम्पनीले IPO बिक्रीको प्रक्रिया पुरा गर्नको लागि शेयर बिक्री तथा जारी प्रबन्धक र सेयर बिक्री प्रत्याभूत कर्ता कम्पनी नियुक्ति गर्ने अन्तिम तयारी समेत गरेको छ । छिटै कम्पनीको सातौँ साधारण सभा आह्वान गरी सेयर निष्कासन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने र सो सभाबाटै सङ्कलित सेयर कुन कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा समेत विस्तृत निर्णय लिने कुरा कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभएको छ ।
लगातार नाफामा रहेको सो कम्पनीले आफ्नो कारोबारलाई थप विस्तार गर्नका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्न लागेको हो । सो कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने तत्काल जारी पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ मध्ये प्रवर्द्धकहरूले २ अर्ब १० करोड ६० लाख रुपैयाँ चुक्ता गर्ने कबुल गरेका छन् भने बाकी १ अर्ब ४० करोड ४० लाख रुपैयाँ स्थानीय र सर्वसाधारणमा शेयर जारी गरी सङ्कलन हुने पुँजीले उत्पादनमूलक उद्योगहरू प्रवर्द्धन गरी कम्पनीको आम्दानी बढाउने कम्पनीको रणनीति रहेको अध्यक्ष शर्माले बताउनु भयो ।
आरकेडी होल्डिङले प्रिमियम मूल्यमा IPO निष्कासन गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
85.71%

0.00%

0.00%

0.00%

14.29%

0.00%
