सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड वैशाख ०६ गते (आज) देखि निष्कासन गरेको छ। सिटिजन्स सुपर ३० म्युचुअल फण्डकाे निष्कासन बन्द हुने मिति (छिटोमा) वैशाख १० रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा वैशाख २० गते सम्म आवेदन म्याद थपिने कम्पनीले जनाएको छ।
कम्पनीले निष्कासन गर्न लागेको कुल इकाई १० करोड इकाई मध्ये बीज पुँजी बापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैङ्क इन्टरनेश्नल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्रीका लागि खुल्ला गर्न लागेको कम्पनीले जनाएको छ ।
सो कम्पनीले प्रति इकाई मूल्य रु. १०/- अङ्कितका दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको जनाएको छ ।
यस फण्डकाे इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन् ।
यस फण्डकाे धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
आज देखि सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्कासनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
