साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २५ दशमलव ६६ अङ्कले बढेर १९२७ दशमलव ६५ को विन्दुमा कायम भएको छ।
न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा ९.८५ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सनराइज फोकस्ड इक्विटी फण्डका शेयरधनीहरुले ९.२४ प्रतिशत, सोल्टी हाेटल लिमिटेडका शेयरधनीहरुले ८.७५ प्रतिशत, प्रभु इन्स्योरेन्स लिमिटेडका शेयरधनीहरुले ७.९९ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका शेयरधनीहरुले ७.८५ प्रतिशतका दरले कमाएका छन् ।
यता, सेञ्चुरी डिबेञ्चर २०८८ का लगानीकर्ताहरूले ३.०४ प्रतिशतले गुमाउँदा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड २.६७ प्रतिशत, गाेर्खाज फाइनान्स लिमिटेड २.४५ प्रतिशत, सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेड २.०० प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ (१.९३) प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
