पाँचथर पावर कम्पनी लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर २२ गते, बिहिबार बिहान १०:०० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ७ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने रकम रु. ६ करोड ३७ लाख ७५ हजार बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी बस्ने वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने पाँचथर पावर कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
साे कम्पनीले पहिलाे पटक लाभांश वितरण गर्न लागेकाे हाे ।
Click here to view the notice.
पाँचथर पावर कम्पनी लिमिटेडको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
