हिमालयन डिष्टिलरी लिमिटेडले यही पौष २७ गते २२ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष २० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा कम्पनीको रजिस्टर्ड कार्यालय, वीरगन्ज महानगरपालिका वार्ड नं. २१, लिपनिविर्ता, पर्सामा बिहान ठिक १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ६० प्रतिशत (कायम १० शेयरमा ६ बोनस) का दरले हुन आउने रकम रु. ९१ करोड १० लाख ८७ हजार ४९३ रुपैयाँ ७५ पैसा बराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने रकम रु. १५ करोड १८ लाख ४७ हजार ९१५ रुपैयाँ ६३ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा ७० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पनि सोही सभाले स्वीकृत गर्नेछ ।
आजसम्म कायम शेयरधनीले हिमालयन डिष्टिलरीकाे लाभांश पाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
