साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ११३.४२ अङ्कको वृद्धि



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ११३.४२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११३ दशमलव ४२ अङ्कले बढेर २६८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २६ दशमलव ७८ अङ्कले बढेर ४८६ दशमलव ८४ को विन्दुमा पुगेको छ ।

आज कूल ३१८ कम्पनीहरूका ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर रु. १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य लघुवित्त उपसमूह १०.०६ अङ्कले उकालो लागेका छन् । यता, बैङ्किङ उपसमूह १४१ दशमलव ७६ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह २४५ दशमलव ९२ अङ्कले, वित्त उपसमूह ३८ दशमलव ३८ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३१.११ अङ्कले, जलविद्युत उपसमूह २६.३२ अङ्कले, लगानी उपसमूह ५.३० अङ्कले, जीवन बिमा उपसमूह ५१९.२७ अङ्कले, उत्पादन उपसमूह १३४.७१ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २९ अङ्कले, निर्जीवन बिमा ३४५.४६ अङ्कले, अन्य उपसमूह ५९.८६ अङ्कले र ट्रेडिङ उपसमूह ९९.३० अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x