चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर २० गते, मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ । 
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ७.५ प्रतिशतले हुन आउने रकम रु. ५० करोड ६३ लाख ८४ हजार ६०० रुपैयाँ ६४ पैसा बराबरको बोनस शेयर र ०.२६३२ प्रतिशतले  हुन आउने रकम रु. ५० करोड ६३ लाख ८४ हजार ६०० रुपैयाँ ६४ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा १५ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी बस्ने २६ औँ वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने चिलिमे जलविद्युत कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा यथावत् नै रहेकाे छ । आर्थिक वर्ष २०७७/७८ मा चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चुक्ता पुँजीको ७.५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ७.५ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    