धितोपत्र बजारमा ३.१४ अङ्कको वृद्धि, नेप्से २७४३.७४ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३ दशमलव १४ अङ्कले बढेर २७४३ दशमलव ७४ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ९० अङ्कले घटेर ४५७ दशमलव ९८ को विन्दुमा पुगेको छ ।

आज कूल ३०९ कम्पनीहरूका १ करोड ५६ लाख ३७ हजार ००६ कित्ता शेयर रु. ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ७ दशमलव ७१ अङ्कले, विकास बैङ्क उपसमूह ३० दशमलव ०१ अङ्कले, वित्त उपसमूह ४ दशमलव ११ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २१.५० अङ्कले, जलविद्युत उपसमूह २८.६० अङ्कले, लगानी उपसमूह शून्य दशमलव ४१ अङ्कले, उत्पादन उपसमूह ५९.२३ अङ्कले, लघुवित्त उपसमूह १६.१८ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले घटेका छन् । यता, जीवन बिमा उपसमूह ३२५.३८ अङ्कले बढ्दा निर्जीवन बिमा ८१.३३ अङ्कले, अन्य उपसमूह १२.८२ अङ्कले र ट्रेडिङ उपसमूह १६०.७७ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x